मंगलवार, असार ९,२०८३ 04:19:29
Bizshala
  • मंगलवार, असार ९,२०८३ 04:19:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायवल नेपाल लाइफ नवौं वर्षमा प्रवेश

Laxmi Sunrise Bank Limited
रिलायवल नेपाल लाइफ नवौं वर्षमा प्रवेश

काठमाण्डौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार सुरु गरेको ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।  

यस अवसरमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरु,नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराजसम्म पुर्याउन अहंम भूमिका खेल्ने रिलायबल एडभाइजरहरु,सेयरधनीहरु, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक आभार व्यक्त गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

यसका साथै कम्पनीले भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने र आगामी दिनमा सेवा उच्च प्राथमिकता राखी, थप ग्राहकमैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता समेत जारी गरेको छ ।  

कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुरा गरी हाल रु. ५ अर्ब १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा रु. २० अर्बको हाराहारीमा रहेको छ भने गत आवमा कम्पनीले रु. १ अर्ब ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।  

वार्षिकउत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयबाट ज्ञानेश्वरबाट मैतिदेवि, डिल्लीवजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रिय कार्यालय ज्ञानेश्वरसम्म बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी आठौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।  

यस्तै महेन्द्रनगर, धनकुटा,लहान, भैरहवाशाखाहरुमा रक्तदानतथा स्थास्थ्यसिविर, राजविराज, चितवन,सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर,सुर्खेत,बुटवल,गोरखा,धनगढी,दमौली,वनेपा,इलाम, शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाइएको कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.