शनिबार, जेष्ठ २,२०८३ 02:40:30
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:40:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘सेतो बाघ भोड्का’उत्पादक नेचुरल इस्पीरीट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Laxmi Sunrise Bank Limited
‘सेतो बाघ भोड्का’उत्पादक नेचुरल इस्पीरीट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Shivam Cement

काठमाण्डौ । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कानसनको प्रक्रिया अघि बढाउनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।  

यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने तयारी गरेको हो ।  

नेचुरल इस्पीरीट्स नेपाल लिमिटेड, मिति २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको मदिरा उत्पादक कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने, यसको केन्द्रीय कार्यालय काठमाण्डौको हाँडीगाउँमा रहेको छ ।

Bizshala
New Office
CG Motors

परिवारीक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको हो । उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नविनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ ।

२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादनकक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११,००० लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्कतथा पाँचवटा २५,००० लिटर क्षमताका एक्स्ट्रा न्युट्रल अल्कोहल ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ ।  

हाल यस कम्पनीले ‘सरङ्गी व्हिस्की ४० अप’ र ‘सेतो बाघ भोड्का ३० अप’ नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १,३४,२९८ लिटर रहेको छ ।  

िनकट भविष्यमा कम्पनीले ‘रारा ब्लुज ४० अप’नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री तथा वितरण गर्न तयारी गरि रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.