काठमाण्डौ । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कानसनको प्रक्रिया अघि बढाउनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने तयारी गरेको हो ।
नेचुरल इस्पीरीट्स नेपाल लिमिटेड, मिति २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको मदिरा उत्पादक कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने, यसको केन्द्रीय कार्यालय काठमाण्डौको हाँडीगाउँमा रहेको छ ।
परिवारीक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको हो । उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नविनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ ।
२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादनकक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११,००० लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्कतथा पाँचवटा २५,००० लिटर क्षमताका एक्स्ट्रा न्युट्रल अल्कोहल ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ ।
हाल यस कम्पनीले ‘सरङ्गी व्हिस्की ४० अप’ र ‘सेतो बाघ भोड्का ३० अप’ नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १,३४,२९८ लिटर रहेको छ ।
िनकट भविष्यमा कम्पनीले ‘रारा ब्लुज ४० अप’नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री तथा वितरण गर्न तयारी गरि रहेको छ ।