काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेड नेप्सेमा होटल एण्ड टुरिजम समूहमा सूचीकृत कम्पनी हो । कम्पनीले ऐतिहासिक स्थल चन्द्रागिरी डाँडामा केबुलकार र रिसोर्ट सञ्चालन गरिरहेको छ । यो कम्पनीको इतिहास हेर्ने हो भने सुरुमा सन् २००९ मा काठमाण्डौ फनपार्कका रुपमा स्थापित भएको थियो । यो कम्पनी पछि सन् २०१६ को मे १६ मा चन्द्रगिरी हिल्स लिमिटेडका रुपमा स्थापित भएको हो ।
करिब ३६ हेक्टर जग्गा लिजमा लिएर कम्पनीले चन्द्रागिरीमा रिसोर्ट, केबुलकार र फनपार्क सञ्चालमा गरिरहेको छ । यो कम्पनी व्यवसायिक समूह आइएमई ग्रुपद्वारा सञ्चालित छ ।
आधारभूत पक्षः
गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १ अर्व ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ११ करोड ६८ लाख रुपैंयाँ रहेको छ । यो सँगै कम्पनीको कूल पूँजी १ अर्ब ६५ करोड रुपैंया रहेको छ । कम्पनीको खुद मुनाफा २१ करोड ८ लाख रुपैंयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १३.७५ रुपैंया रहेको छ भने बुक भ्यालु १०७.६१ रुपैंया रहेको छ । रिर्टन अन इक्विटी १२.७७ प्रतिशत रहेको छ । कम्पनीले हालसम्म लगानीकर्तालाई कुनै लाभांश भने दिन सकेको छैन ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा
फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यदि सेयरको मूल्य ० देखि २० सम्म पुगेमा स्ट्रङ वियरिस, २० देखि ४० सम्म वियरिस , ४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस सेन्टिमेन्टमा रहेको मानिन्छ ।

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्य ब्याण्ड माथि चलेको देखिन्छ । त्यसैगरि, म्याक्डीमा पनि बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ५५ को तहमा अप ट्रेन्डमा चलेको देखिन्छ । समग्रमा विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – १२३०
प्रतिरोध २ – ११६७
प्रतिरोध १– १०९७
पिभट् प्वइन्टः १०३४
घटेमा सपोर्ट
सपोर्ट १– ९६४
सपोर्ट २– ९०१
सपोर्ट ३ –८३१

निष्कर्षः आधारभूत रुपया यो कम्पनी मध्यम अवस्थामा देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी र खुद मुनाफामा गिरावट आएको छ । कम्पनीको रिर्टन अन इक्विटीमा पनि गिरावट आएको देखिन्छ ।
तर कम्पनीको बुक भ्यालुमा भने आघिल्लो वर्षको तुलनामा १२.८७ प्रतिशतले सुधार आएको छ । प्राविधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रिड इन्डेक्समा बु्लिस सेन्टिमेन्टमा चलेको दोखिन्छ । इन्डिकेटरबाट नियाल्दा पनि अप ट्रेन्डमा नै चलेको छ । यस हिसाबले यो कम्पनीको सेयर मूल्य पिभट् प्वइन्टको तेस्रो विन्दुसम्म पुग्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।