काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ५ ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ ब्रोकरबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, श्रीहरि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ९२ करोड ४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१ प्रतिशत सेयर खरिद भएको छ भने ४९ प्रतिशत सेयर बिक्री भएको छ ।
