काठमाण्डौ । दिनभर घटेर कारोबार भएको बजारमा आज पनि साढे १५ अंकको गिरावट आयो । आज बजार घट्दा कारोबार पनि घट्यो । आज पनि कारोबार ५ अर्ब भन्दा तल सीमित रह्यो ।
अघिल्लो दिन पनि कारोबार ५ अर्ब तल नै सीमित थियो । प्राइस एक्सनबाट नियाल्दा बजारले पछिल्लो समय नयाँ लोवर लोका सिरिजहरु बनाएको देखिन्छ । आज बजारले पछिल्लो नयाँ लो २७४० विन्दुबाट पनि तल खसेर नयाँ लोवर लो बनाएको छ ।
यस हिसाबले बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा पनि लोवर लोका सिरिजहरुमा ब्रेक अप स्ट्रक्चर बनाएको छ । मूभिङ एभरेजबाट नियाल्दा केही समय पहिले ५० दिने रेखाबाट तल खसेको बजारले अब २०० दिनको रेखामा बलियो सपोर्ट लिन सक्छ ।
इचिमोकूबाट नियाल्दा भने बजार यस अघि नै क्लाउड पोजिसन भन्दा तल बन्द भएको छ । यस हिसाबले हालको बजारलाई बिभिन्न इन्डिकेटर , प्राइस एक्सन तथा क्याण्डल स्टिकबाट नियाल्दा डाउन ट्रेन्डमा चलेको देखिन्छ ।
आरएसआई आज ४० भन्दा तल खसेको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा एकपटक ओभर सोल्ड जोनबाट तल खसेर फर्केको छ तर सुधार भने ह्ुन नसकेको अबस्था देखिन्छ । बजारलाई आवरली बेसमा नियाल्दा ४ घण्टाको कारोबारमा पछिल्लो आवरमा खरिद भन्दा बिक्री चाप बढी देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण रहेको छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।