बिहीबार, भाद्र १९,२०८२ 09:54:23
  • बिहीबार, भाद्र १९,२०८२ 09:54:23
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘स्पिनिङ टप क्याण्डल’, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘स्पिनिङ टप क्याण्डल’, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा सामान्य अंकले घटेर बन्द भयो । आज बजार घटेता पनि अघिल्लो दिनको तुलनामा कारोबारमा भने सुधार आएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा रिभर्सल प्रकृतिको ‘स्पिनिङ टप क्याण्डल’ बनेको छ ।  

यसले सम्भावित रुपमा बजारमा रिभर्सलको संकेत गर्छ । खासगरि सपोर्ट जोनमा डोजी, ह्याम्मर तथा स्पिनिङ टप प्रकृतिका क्याण्डल देखा पर्छन भने त्यस्ता क्याण्डलले बजारमा हालको ट्रेन्ड रिभर्सल हुन सक्ने बुझिन्छ । तर यसको निश्चितताको लागि भने आगामी दिनमा बुलिस प्रकृतिको क्याण्डल बन्न आवश्यक हुन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट खसेको बजारले आज तल्लो ब्याण्डलाई छोएको छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ ।  

त्यसैगरि, आरएसआई ओभर सोल्ड जोन नजिक ३८ को तहमा रहेको छ । हालको बजारलाई प्राइस एक्सनबाट नियाल्दा भने लोवर लोका सिरिजहरुलाई नै निरन्तरता दिएको छ । अर्थात बजारमा कुनै पनि क्यारेक्टर चेञ्ज भने भईसकेको अवस्था छैन । यसकारण आगामी दिनको बजारको कारोबार तथा भोल्युम र क्याण्डल स्टिकबाट मात्रै बजारको दिशा निश्चित हुनेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.