शनिबार, भाद्र २१,२०८२ 02:06:29
  • शनिबार, भाद्र २१,२०८२ 02:06:29
Global IME Bank Limited

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न

Hyundai Nepal
नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

अध्यक्ष पोखरेलले प्राधिकरणका कामकारवाहीमा ढिलासुस्ती नगर्न तथा हुने कामलाई हुन्छ भन्न र नहुने काम यो कारणले हुँदैन भनेर कारण सहित जानकारी दिन पनि निर्देशन दिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारी संगठनहरूले प्रोफेशनल भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) र निर्देशक कुन्दन सापकोटाले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका पूर्वअध्यक्ष पूर्णबहादुर थापा र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका संस्थापक अध्यक्ष  पदम प्रसाद सोडारीले कर्मचारीहरूको हक हितका बारेमा चर्चा गरे ।

IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.