काठमाण्डौ । जापानी प्रधानमन्त्री सिगेरु इसिबाले पदबाट राजीनामा दिने घोषणा गरेसँगै जापानको सेयरबजारमा हरियाली छााएको छ । इसिबाले राजीनामा दिने बताएसँगै लगानीकर्ताले नयाँ नेतृत्वले अपनाउने नीतिहरुबारे सकारात्मक अपेक्षा राख्दा निक्की२२५ इन्डेक्स वृद्धि भएको हो ।
सोमबारको कारोबारमा निक्की२२५ इन्डेक्स १.४२ प्रतिशत अर्थात ६११.७९ अंकले बढेको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ४३ हजार ६३० विन्दुमा पुगेको छ ।
इसिबाको बहिर्गमनपश्चात नयाँ क्याबिनेटले अपनाउने आर्थिक नीतिहरु बारे लगानीकर्तामा चासो बढेको र त्यही अनुरुप सेयरको खरिदबिक्री भईरहेको बजार विश्लेषकहरुले बताएका छन् ।
यद्यपी मुद्रा व्यापारीहरुले राजनीतिक अस्थिरताका कारण जापानीज येन बिक्री गरेका छन् । जसका कारण डलरको तुलनामा येन कमजोर बनेको छ । यतिबेला एक येनबराबर १४८ येन कायम भएको छ ।
इसिबाले पद छाड्ने घोषणा गरेसँगै जापानको भावी आर्थिक नीतिप्रति अनिश्चितता बढेकाले यतिबेला जापानको पूँजीबजारको मूड सावधानीको अवस्थामा रहेको विश्लेषकहरुले बताएका छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                