काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न संकटलाई संवाद र सहमतिबाट समाधान गर्न सबैलाई वार्ताको टेबलमा आउन आह्वान गरेका छन्।
मंगलबार सार्वजनिक गरिएको आफ्नो अपिलमार्फत उनले लोकतान्त्रिक व्यवस्थामा जनताका माग र असन्तुष्टि छलफलमार्फत समाधान गर्न सकिने भन्दै संयमित रहन आग्रह गरेका छन्।
राष्ट्रपतिले भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा अब मुलुक, जनता र लोकतन्त्रको हितलाई प्राथमिकता दिँदै सबै पक्षले सहकार्य गर्ने अपेक्षा लिएको छु।”
उनले जेनजी आन्दोलनका प्रतिनिधिसहित सम्पूर्ण सरोकारवालासँग खुलेर वार्ता गर्नुपर्नेमा जोड दिँदै शान्तिपूर्ण बाटोमार्फत समाधान खोज्न सकिने विश्वास व्यक्त गरेका छन्।
