बुधबार, भाद्र २५,२०८२ 12:45:32
  • बुधबार, भाद्र २५,२०८२ 12:45:32
Global IME Bank Limited

श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत भदौ ११ गतेदेखि आईपीओ जारी गरेको थियो ।  

जसमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।    

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रति सेयर रू। १०० अंकित दरका ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो मध्ये जारीपूँजीको १ प्रतिशत अर्थात रु। १०० अंकित दरका १ लाख ६३ हजार १२५ सय कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि जारी गरिएको छ ।  

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन शाखा, पाल्पा र फरसाटिकार शाखा एनएमबी बैंकको। तानसेन शाखा, पाल्पा र फ्रसाटिकार शाखा र ग्लोबल आइएमई बैंकको तानसेन शाखाबाट आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर जारी गर्नेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.