काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको विरोध प्रदर्शन र प्रदर्शनकारीको मृत्युलाई हृदयविदारक भएको बताएका छन् ।
उनले एक्समा पोस्ट गर्दै मा लेखेका छन्, ‘‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।’
नेपालमा भदौ २३ र २४ गते भ्रष्ट्राचार तथा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निणयप्रति जेनजी युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा २० जनाले ज्यान गुमाईसेका छन् भने थ्प्रै घाइते भएका छन् । प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि केपी शर्मा ओलीले राजीनामा दिईसकेका छन् ।