काठमाण्डौ । जेनजी समूहले मंगलबार गरेको आन्दोलका कारण केही बैंक तथा वित्तीय संस्थाहरुमा भौतिक क्षति पुगेको छ ।
मंगलबार भएको विरोध प्रदर्शनमा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा क्षति पुर्याएको थियो । आन्दोलनमा संलग्न केही व्यक्ति उक्त बैंकबाट लुटपाट गर्न खोज्दा सेनाले पक्राउ गरेको थियो ।
बैंकका शाखा कार्यलयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघले जनाएको छ ।
साथै संघका अनुसार केही स्थानका बैंकका एटीएम मेसिन फोरेर लुटपाट गर्न खोज्दा सम्भव नभएको र बैंकको रकम सुरक्षित नै रहन पुगेको छ । बैंकका कार्यालय वा झ्याढोका फुटाउने गतिविधि भएपनि नगद क्षति नभएको बैंकर्स संघले जनाएको छ ।