काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायराभित्र रहेर समाधान दिन आफू निरन्तर प्रयत्नशील रहेको बताएका छन्।
वक्तव्य जारी गर्दै उनले भनेका छन्, “देशको जटिल परिस्थितिमा संवैधानिक मार्गबाट निकास खोज्ने, लोकतन्त्र जोगाउने र शान्ति–सुव्यवस्था कायम गर्ने विषयमा म निरन्तर विचार–विमर्श र प्रयास गरिरहेको छु।”
