काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानीलाई जतिसक्दो छिटो र सहज बनाउन बीमक कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण निर्जीवन तथा लघु बीमकहरुलाई यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले गत भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिको कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सो बाट पर्न सक्ने दाबीलाई यथासम्भव र सहज ढंगले फर्यौट गर्न निर्देशन दिएको छ ।
यसका साथै प्राधिकरणले क्षतिको बीमा विवरण साप्ताहिक रुपमा(प्रत्येक हप्ताको बुधबार)संलग्न कमोजिमको एक्सेल स्प्रिडसिट ढाँचामा पेश गर्न समेत भनेको छ ।