काठमाण्डौ । अन्तरिम सरकार गठनलगत्तै प्रतिनिधिसभा विघटनको सहमति भएसँगै तत्कालीन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले विरोध जनाएको छ ।
एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रतिनिधिसभा विघटनको सहमतिलाई बिडम्बनापूर्ण भनेका छन् ।
विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयम् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। उनले लेखेका छन् त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।
केहीबेरअघि शितल निवासमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने र त्यसलगत्तै बस्ने क्याबिनेटको सिफारिसमा राष्टपति रामचन्द्र पौडेलले संसद विघटन गर्ने सहमति भएको थियो ।
अहिले शितल निवासमा प्रधानमन्त्री नियुक्तिको औपचारिकता पूरा गरी सपथ गराउने तयारी चलिरहेको छ ।
