काठमाण्डौ । चालु आवको पहिलो महिनामा शोधानान्तर स्थिति ८९ अर्ब भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा शोधानान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको हो ।
गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । यसर्थमा शोधानान्तर स्थिति ११८.३४ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब ४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु।२२ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु।६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० रु.८० करोड रहेको थियो ।
त्यस्तै, साउन महिनामा चालु खाता रु.७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३३ अर्ब ८ करोडले बचतमा रहेको थियो ।