काठमाण्डौ । अमेरिकी सेयरबजाले ऐतिहासिक उचाई हासिल गरेको छ । मंगलबारको कारोबारमा एस एण्ड पी ५०० र नास्डक इन्डेक्सले नयाँ उचाई चुमेका हुन् ।
लगानीकर्ता यतिबेला फेडरल रिजर्भको ब्याजदरसम्बन्धी निर्णयको पखाईमा रहेका बेला अमेरिकी सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेका हुन् । फेडरल रिजर्भले ९ महिनाको अवधिमा पहिलोपटक ब्याजदरमा कटौती गर्ने उच्च सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् ।
यसका साथै चीन र अमेरिकाबीच भएको सकारात्मक व्यापार वार्ताका कारण समेत लगानीकर्ताको मनोबल उच्च बनेको छ ।
एस एण्ड पी५०० आज ०.३ प्रतिशतले बढेको छ । यससँगै यो सूचक ६ हजार ६१५ विन्दुमा पुगेको छ ।
यस्तै नास्डक पनि ०.३४ प्रतिशतले बढ्दै २४ हजार ३७६ विन्दुमा पुगेको छ । आज इनर्जी र म्याटेरियल समूहमा उछाल आयो ।