काठमाण्डौ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ नाम दिइएको छ । यो सम्झौताअनुसार यी दुई देशमध्ये कुनैमा आक्रमण भएमा त्यसलाई दुवै देशमाथिको आक्रमण मानिनेछ ।
दुई देशबीच यो सम्झौता प्रधानमन्त्री शाहबाज सरिफको साउदी अरब भ्रमणका क्रममा भएको हो ।
साउदी युवराज मोहम्मद बिन सलमानले रियादको अल(यामामा दरबारमा शहबाज सरिफलाई स्वागत गरेका थिए। दुई नेताबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सामाजिक सञ्जालमा लेखेका छन्,‘दुई देशबीच करिब ८० वर्ष पुरानो सम्बन्ध भाइचारा, इस्लामिक ऐक्यबद्धता र रणनीतिक सहयोगमा आधारित छ।’
परराष्ट्रमन्त्रीका अनुसार यस सम्झौताको उद्देश्य रक्षा सहयोग अभिवृद्धि र क्षेत्रमा शान्ति सुरक्षा सुनिश्चित गर्नु रहेको छ ।