काठमाण्डौ । जेनजीहरुको आन्दोलनपछि खुलेको सेयरबजारमा ७२ करोड ८७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बजार खुलेको केही समयमा नै ६ प्रतिशतले नेप्से घटेपछि आजको लागि कारोबार बन्द गरिएको थियो ।
मार्केट हल्ट भएपछि करिब एक घण्टाभित्रमा सेयर कारोबार बन्द गरिएकोमा सर्वाधिक कारोबार शीर्ष १० ब्रोकर कम्पनीहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज र क्रिष्टल कञ्जनजंगा सेक्युरिटिज रहेको छ ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सुमेरु सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ९ करोड ४८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.३३ प्रतिशत सेयर खरिद भएको छ भने ४९.६७ प्रतिशत सेयर बिक्री भएको छ ।
