काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेका छन् ।
उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । जसमा ५८.२७ प्रतिशत सेयर खरिद भएको छ भने ४१.७३ प्रतिशत सेयर बिक्री भएको छ ।
