• बुधबार, आश्विन ८,२०८२ 06:56:04
Global IME Bank Limited

दुईदिनको वृद्धिपछि घट्यो नेप्से, जानकार भन्छन्, ‘फेस्टिभ मूडमा लगानीकर्ता’

Hyundai Nepal
दुईदिनको वृद्धिपछि घट्यो नेप्से, जानकार भन्छन्, ‘फेस्टिभ मूडमा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २७.८९ अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०७ प्रतिशतले घटेर ४५९.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘यतिबेला बजारमा फेस्टिभ मूड देखिन्छ । लगातार दुईदिन उच्च अंकले बढेको बजारमा आज नाफा बुक समेत देखिएको छ । आजसम्म सेयर बिक्री गर्नेले दशैंअघिसम्म पैसा हात पार्नेछन् । यही कारण आएको बिक्री दबाबका कारण बजार घट्न पुगेको हो ।’

उनले आगामी दिनमा भने बजार सकारात्मक नै रहने विश्वास व्यक्त गरे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक विश्लेषक समेत रहेका अर्का बजार जानकार सुवासचन्द्र ढुङ्गानाले पनि लगातार दुईदिन ८ प्रतिशतको वृद्धि भएको बजारमा आज १ प्रतिशतको गिरावट आउनुलाई सामान्य रुपमा लिन सकिने बताए । ‘पहिलेको ट्रेण्ड हेर्दापनि घटस्थापनापछि बजारमा क्रमिक सुधार हुँदै जाने र पुस माघबाट राम्रै गति लिने गरेको देखिन्छ । यसपटक पनि सोही ट्रेण्डको पुनरावृत्ति हुने देखिन्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूह आज क्रमशः०.८५ र ०.०४ प्रतिशतले बढे ।  

आज अन्य समूह सर्वाधिक अर्थात २.१६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.७३ प्रतिशत, विकास बेंक १.१३, फाइनान्स १.३९, हाईड्रो ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, लघुवित्त ०.८४, निर्जीवन बीमा १.५१ र व्यापार समूह १.६५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २२ करोड १३ लाख बढीको सेयर कारोबार भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख, हिमालयन रि इन्स्योरेन्सको १३ करोड ३७ लाख, सिईडिबि होल्डिङको १२ करोड ६० लाख र शिवम् सिमेन्टको ११ करोड ३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यो दिन माथिल्लो मैलुङखोला जलविद्युत, सिटी होटल्स र हिमस्टार उर्जाको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यसैगरी आज भिजन लुम्बिनी उर्जाको सेयरमूल्य ७.९३ प्रतिशत, बाराही हाईड्रोको ५.४२ र दोल्ती पावरको सेयरमूल्य ५.०७ प्रतिशतले बढ्यो ।  

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.३८ प्रतिशतले घट्यो । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ४.६३ प्रतिशत, बुटवल पावरको ४ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.९७ प्रतिशतले घट्यो ।    

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.