• बुधबार, आश्विन ८,२०८२ 06:41:00
Global IME Bank Limited

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ र नेपाल रि

Hyundai Nepal
४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ र नेपाल रि
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । आज जीवन बीमा समूह ०.५२ प्रतिशत र निर्जीवन बीमा समूह १.५१ प्रतिशतले घटेको छ । आज जम्मा ४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिटिजन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.४७ प्रतिशतले बढेर ४६८ रुपैयाँ पुगेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, आइएमई लाइफको १.९३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३२ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.९१ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने गार्डियन माइक्रो लाइफ र नेपाल रि इन्स्योरेन्स रहेको छ । गार्डियनको सेयरभाउ ३.४१ प्रतिशतले घटेर १९८० रुपैयाँ र नेपाल रि को सेयरभाउ नेपाल रि को सेयरभाउ ३.३६ प्रतिशतले घटेर १४६७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हिमालयन रि को २.३६ प्रतिशत, हिमालयन एभरेष्टको २.२३ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.८३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.९६ प्रतिशत, नेको इन्स्योरेन्सको २.०७ प्रतिशत, एनएलजीको २.५९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.७१ प्रतिशत, आरबीसीएलको ०.६५ प्रतिशत, सानिमा जिआइसीको ०.४१ प्रतिशत, शिखरको ०.८५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७४ प्रतिशत र युनाइटेड अजोडको २.०७ प्रतिशतले घटेको छ । 

यसका साथै, एशियन लाइफको ०.६३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.३३ प्रतिशत, हिमालयन लाइफको ०.९९ प्रतिशत, एलआइसी नेपालको ०.१४ प्रतिशत, नेपाल लाइफको १.१६ प्रतिशत, नेशनल लाइफको ०.८४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१२ प्रतिशत, सूर्यज्योति लाइफको १.१७ प्रतिशत, सन नेपाल लाइफको ०.८८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.२७ प्रतिशतले घटेको छ ।

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.