काठमाण्डौ । साताको तेस्रो कारोबार दिन अर्थात् दशैँ पछिको पहिलो कारोबार सेयर बजारमा ४ अर्ब ६२ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ।
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा पाँचवटाबाट उच्च खरिद भएको छ भने पाँचवटाबाट उच्च बिक्री भएको छ।
उच्च खरिद गर्ने ब्रोकरहरूमा नासा सेक्युरिटीज, सनि सेक्युरिटीज, श्रीकृष्ण सेक्युरिटीज, आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज र डाइनामिक मनी म्यानेजर्स सेक्युरिटीज रहेका छन् ।
त्यस्तै उच्च बिक्री गर्ने ब्रोकरहरूमा भिजन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटीज, इम्पेरियल सेक्युरिटीज, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटीज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटीज रहेको छ। उक्त ब्रोकर कम्पनीबाट मात्रै आज ७८ करोड २५ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ। जसमा ५०.३६ प्रतिशत सेयर खरिद भएको छ भने ४९.६४ प्रतिशत सेयर बिक्री भएको छ।
