काठमाण्डौ । आजबजारमा दिनभर घटेर नै कारोबार भयो । कारोबारको पहिलो प्रहरबाट नै घट्न थालेको बजार अन्त्यसम्म नै घट्ने क्रमले निरन्तरता पायो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यदि तल–माथी धागो बिनाका रातो क्याण्डल बन्छ भने त्यसलाई बियरिस मारुबुजु क्याण्डल र हारियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुजु क्याण्डल भनिन्छ ।
आज बजार घट्दा अघिल्लो दिनको तुलानमा कारोबार भने केही बढेको छ । बजार घट्दा कारोबार बढ्नुलाई खासै राम्रो संकेत मानिदैन । डेलीबेसमा बोलिङगर ब्याण्डबाट नियाल्दा केही समय पहिले तल्लो ब्याण्ड छोएर फर्केकोे बजार मध्य ब्याडलाई ब्रेक गरेर माथी जान सकेन । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ ।
आरएसआई ओभर सोल्ड जोनबाट फर्केकोमा पुनः खस्न थालेको छ । समग्रमा बजारमा तिब्र बिक्री दबाब परेको देखिन्छ । बजारलाई डाउ थेउरीबाट नियाल्दा लोअर हाई र लोअर लो का सिरिज बन्दै गरेको देखिन्छ । जसले बजारमा वियारिस यात्रा बन्दै गरेको देखिन्छ । बजारलाई सपोेर्ट एण्ड रेसिस्ट्यान्सबाट नियाल्दा आज २६०४ विन्दुमा बन्द भएको बजारले घटेमा २५८० विन्दु आसपास बलियो सपोर्ट लिन सक्छ ।
त्यसैगरि, त्यहाँबाट पनि तल खसेमा भने बजारले २४४० देखि २४६० विन्दु आसपामा बलियो सपोट लिन सक्छ । बढेमा भने बजारले २६७८ र २७८० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
आरएसआई ओभर सोल्ड जोनबाट फर्केकोमा पुनः खस्न थालेको छ । समग्रमा बजारमा तिब्र बिक्री दबाब परेको देखिन्छ । बजारलाई डाउ थेउरीबाट नियाल्दा लोअर हाई र लोअर लो का सिरिज बन्दै गरेको देखिन्छ ।
जसले बजारमा वियारिस यात्रा बन्दै गरेको देखिन्छ । बजारलाई सपोेर्ट एण्ड रेसिस्ट्यान्सबाट नियाल्दा आज २६०४ विन्दुमा बन्द भएको बजारले घटेमा २५८० विन्दु आसपास बलियो सपोर्ट लिन सक्छ ।
त्यसैगरि, त्यहाँबाट पनि तल खसेमा भने बजारले २४४० देखि २४६० विन्दु आसपामा बलियो सपोट लिन सक्छ । बढेमा भने बजारले २६७८ र २७८० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।