बुधबार, आश्विन २२,२०८२ 03:50:07
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 03:50:07
IME remit
Global IME Bank Limited

सिंहदरबार जलेको दिन महानगर ‘फिल्डमै’ खटिएको दाबी, बालेन शाहले प्रस्तुत गरे समयरेखा र तथ्यांक

Hyundai Nepal
सिंहदरबार जलेको दिन महानगर ‘फिल्डमै’ खटिएको दाबी, बालेन शाहले प्रस्तुत गरे समयरेखा र तथ्यांक
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर तथा जेनजी पुस्तामा चर्चित नेता बालेन शाहले सिंहदरबारमा लागेको आगलागीको घटनामा आफू र आफ्नो टोलीमाथि लागेको आरोपको कडा खण्डन गर्दै विस्तृत स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “हामी आरोपबाट होइन, जिम्मेवारीबाट पनि भाग्दैनौं” भन्दै अफवाह फैलाउनेहरूलाई सावधान रहन आग्रह गरेका छन्।

पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा “सिंहदरबार जलेर तीन दिनसम्म दमकल नपुग्नुमा बालेनको लापरबाही हो” भन्ने किसिमका टिप्पणी र आरोपहरू फैलिरहेका थिए। ती आरोपको प्रतिवाद गर्दै शाहले भनेका छन्, “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” भन्ने प्रश्न गर्नेहरूलाई स्पष्ट पार्न चाहन्छु-त्यो दिन देशमै सरकार थिएन, तर स्थानीय सरकार, काठमाडौँ महानगर, आफ्नो दायित्वमा खटिएको थियो।”

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

“राज्य ठप्प थियो, तर हाम्रो टिम मैदानमै खटिएको थियो”

शाहका अनुसार भदौ २४ गतेको रात देश नै अस्तव्यस्त अवस्थामा थियो। विभिन्न ठाउँमा आगलागी, तोडफोड र आन्दोलनका कारण सवारीसाधन हिँड्न नसक्ने, सुरक्षाकर्मीले चौकी जोगाउनसमेत नसक्ने अवस्था बनेको थियो।

“त्यस्तो पूर्ण अराजक स्थितिमा पनि हाम्रो टिम आगो निभाउन, घाइतेको उपचार, खाना र औषधि व्यवस्थापनदेखि लास व्यवस्थापनसम्म खटिएको थियो,” शाहले लेखेका छन्।

उनका अनुसार सिंहदरबारमा दमकल पठाउने प्रयास गरिएको भए पनि आन्दोलनकारीको अवरोधका कारण त्यस दिन प्रवेश गर्न नसकिएको हो। “सिंहदरबारभित्र सेनाको दमकल भए पनि हुलले काम गर्न नदिईरहेको अवस्था थियो। भिड केही शान्त भएपछि मात्रै राति ८:१५ बजे हाम्रो दमकल त्यहाँ पुग्यो,” उनले लेखेका छन्।

“५ दमकल, ४४ जनाको टिमले दिन–रात खटियो”

बालेन शाहले काठमाडौं महानगरमा हाल न्युरोड, बालाजु र रामहिटीमा गरी ५ वटा दमकल सञ्चालनमा रहेको उल्लेख गर्दै १४ नगर प्रहरी र ३० जना सशस्त्र प्रहरीसहित ४४ जनाको टिम तीन सिफ्टमा खटिएको जानकारी दिएका छन्।

उनका अनुसार आन्दोलन सुरु भएको २३ गतेदेखि २८ गतेसम्म मात्र महानगरका दमकलहरूले ५५ पटकभन्दा बढी विभिन्न स्थानमा आगो निभाउने कार्य गरेका थिए।

“सिंहदरबार मात्र होइन, संसद भवन, सर्वोच्च अदालत, अख्तियार आयोग, कारागार, बैंक, डाटा सेन्टरदेखि निजी घर र व्यापारिक प्रतिष्ठानसम्म हामीले सम्भव सबै ठाउँमा उद्धार कार्य गरेका छौं,” शाहको भनाइ छ।

स्वास्थ्य र उद्धारमा पनि अग्रसर भूमिका

आगलागीका पीडितहरूको उपचारका लागि महानगरले तत्काल अस्पतालहरूसँग समन्वय गरी निशुल्क उपचारको व्यवस्था गरेको शाहले बताएका छन्।

“अपरेसनका लागि अभिभावक नभएका बिरामीका तर्फबाट हाम्रो नगर प्रहरीले Informed Consent Formमा समेत हस्ताक्षर गरेर जिम्मेवारी लिएको थियो,” उनले लेखेका छन्।

लास व्यवस्थापनदेखि मृतकका परिवारको खाना, बसोबास र घरसम्म शव पुर्याउने व्यवस्थासम्म महानगरले गरेको दाबी उनले गरेका छन्।

“अफवाह फैलाउनेहरूसँग सावधान रहनुहोस्”

शाहले तथ्य र डाटा विश्लेषणबिना आरोप लगाउनेहरू र अफवाह फैलाउनेहरूबाट जनता सजग रहनुपर्ने उल्लेख गरेका छन्।

“यस्ता कार्यहरूले जनतालाई भ्रममा राख्छ र दिन–रात खट्ने हाम्रो टोलीको मनोबल गिराउँछ,” उनले लेखेका छन्।

साथै मिडियाका साथीहरूलाई सत्यतथ्य पुष्टि नगरी समाचार नलेख्न आग्रह गर्दै उनले भनेका छन्, “जनताले सही सूचना पाउने अधिकार राख्छन्, मिडियाले जिम्मेवार भएर समाचार लेख्नुपर्छ।”

“देशलाई अहिले हल्ला होइन, एकताको खाँचो छ”

स्टाटसको अन्त्यमा बालेनले लेखेका छन्, “हामीलाई जस चाहिएको होइन, कमसेकम उद्धारमा खटिनेहरूलाई सम्मानजनक दृष्टिले हेर्नुहोस्। देशलाई अहिले एकता र सत्यताको खाँचो छ, हल्ला र झूटको होइन।”

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.