बुधबार, आश्विन २२,२०८२ 08:18:42
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 08:18:42
IME remit
Global IME Bank Limited

पहिलो त्रैमासमा लगानीकर्ताहरुले ४ अर्ब बढी ब्याज तिर्नुपर्ने, समय थप्ने विषयमा यसो भन्छ राष्ट्र बैंक

Hyundai Nepal
पहिलो त्रैमासमा लगानीकर्ताहरुले ४ अर्ब बढी ब्याज तिर्नुपर्ने, समय थप्ने विषयमा यसो भन्छ राष्ट्र बैंक
Shivam Cement

काठमाण्डौ। दशैंपछि खुलेको सेयर बजार लगातार २ दिन घटेको छ । २ दिन बजार घट्दा आन्दोलनको क्षति भन्दा बढी लगानीकर्ताहरुले क्षति ब्यहोरेका  छन् । दशैंअघि ४४ खर्ब ५२ अर्ब रहेको बजार पूँजीकारण आज बजार बन्द हुँदा ४२ खर्ब ७८ अर्बमा सीमित बनेको छ । यस हिसाबले २ दिनको गिरावटमा लगानीकर्ताको सम्पत्ति १ खर्ब ७५ अर्बले घटेको छ ।  

यसरी बजार घट्नुमा प्राकृतिक विपत्ति , जेनजी आन्दोलन लगाएत पहिलो त्रैमासको ब्याजको दबाब पनि रहेको लगानीकर्ताको भनाइ रहेको छ । जेनजी आन्दोलनपछि अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका सदस्य रुपेश केसीको संयोजकत्वमा पूँजीबजार सुधार कार्यदल बनाएको थिए । उक्त कार्यदलले पूँजीबजार सुधारको लागि मध्यकाल तथा तत्काल ९० दिन भित्र गर्नु पर्ने कामहरुको सूचि अर्थ मन्त्रालयलाई बुझाएको थियो । जसमा धेरै जस्तो नेपाल  राष्टबैंकसँग सम्बन्धित सुझाव रहेका छन् ।  

जसमा एकल ग्राहकका लागि २५ करोडको सीमा तथा पहिलो त्रैमासमा तिर्नु पर्ने सेयर कर्जाको ब्याज पुस मसान्तसम्म सारेर लगानीकर्ताहरुलाई सहुलियन दिनु पर्ने जस्ता विषय रहेका छन् । हाल पूँजीबजारमा १ खर्ब ४२ अर्बबराबर सेयर कर्जा प्रवाह भएको छ । जसको १० प्रतिशत ब्याजको हिसाबले पनि लगानीकर्ताहरुले पहिलो त्रैमासमा मात्रै ४ अर्ब बढी ब्याज भुक्तानि गर्नु पर्ने हुन्छ । जुन लगानीकर्ताहरुले असोज मसान्तत्रि तिर्नु पर्ने हुन्छ । जसका लागि अब लगानीकर्ताहरुको लागि एक साता मात्रै रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यदलको सुझाव अनुसार उक्त ब्याज दोस्रो  त्रैमाससम्म सारिएको खण्डमा लगानीकर्ताहरुले राहत महसुस गर्ने बताउँदै आएका छन् । लगानीकर्ताहरुको अनुसार सरकारले आन्दोलन पीडितहरुको लागि ५० प्रतिशत सम्म भन्सार छुटको सुविधा दिएको तर सेयर लगानीकर्ताहरुको विषयमा मौन हुँदा आँफूहरुले आन्दोलनको क्षति भन्दा पूँजीबजारबाट ठूलो क्षति ब्यहोरेको बताएका छन्। यसै विषयमा बोल्दै नेपाल राष्टबैंकका प्रवक्ता किरण पण्डित भन्छन् ‘पूँजीबजार सुधार कार्यदलले दिएका सुझावको प्रतिबेदनको बिषयमा होमवोर्क गर्दै छौं । सुझावको विषयमा अहिले नेपाल राष्टबैंकमा छलफल हुँदै छ।’

 यस्ता छन पूँजीबजार सुधार कार्यदलले दिएका तत्काल गर्नु पर्ने काम  

–बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोपमा प्रवाह हुने मार्जिन प्रकृृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा रु.२५ करोडलाई हटाउने,  

– बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋणपत्रमा एक बर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्ने,

–सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ आश्विन मसान्तसम्म बुझाउनुपर्ने व्याज पौष मसान्तसम्म बुझाएमा कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था गर्ने,

– धितोपत्र दलाल व्यावसायी मार्फत मार्जिन कारोवार प्रणाली कार्यान्वयन गर्ने,

– सिडिएस तथा क्लियरिङ्ग लिमिटेडबाट प्रदान गरिने इन्टरनेशनल सेक्युरिटज आइडेन्टिफिकेशन नम्बर सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागू गर्ने,

– हाल प्रचलनमा रहेको नेप्से सूचकाङ्कलाई अल इक्विटी इन्डेक्सको रूपमा कायम राखी कारोवारयोग्य सेयरहरूको आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्कको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने,

– गैर–व्यवसायिक सेयर बिक्री गर्दा नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहेको व्यहोरा स्पष्ट गर्ने,

– सेयर बिक्री कारोवारमा दाखिला गरेको करको आधारमा प्राप्त हुनुपर्ने करचुक्ता प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियालाई सहजीकरण गर्ने,

–संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गर्ने,

–धितोपत्र दलाल व्यावसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यावसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्ने,

–लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्ने,

–नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरुको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा उक्त वर्गीकरण पश्चात जेड समूहमा पर्ने कम्पनीहरूको कारोवार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गर्ने,

–लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने,

–धितोपत्र सम्बन्धी कसूरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने,

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.