काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् । त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ९० करोड १८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३९.४० प्रतिशत सेयर मात्रै खरिद भएको छ भने ६०.६० प्रतिशत सेयर बिक्री भएको छ ।
