बुधबार, आश्विन २२,२०८२ 08:41:02
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 08:41:02
IME remit
Global IME Bank Limited

लगातार घटेको बजारमा मनी फ्लोमा डाइभर्जेन्स, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
लगातार घटेको बजारमा मनी फ्लोमा डाइभर्जेन्स, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । लगातार २ दिन ठूलो अंकले घटेको बजारमा आज दिनभरी बिक्री दबाब देखियो । आजपनि अघिल्लो दिन जस्तो दिनभर नै बिक्री दबाब रह्यो । आज बजार घट्दा कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आजपनि वियरिस प्रकृतिको क्याण्डल नै बन्यो ।  

बोलिङ्गंर ब्याण्डबाट नियाल्दा आज बजारले तल्लो ब्याण्डमा टेष्ट गरेको छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दूरी बढेको देखिन्छ । यसले बजारमा तिब्र उतारचढाव भएको बुझिन्छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गरेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोन नजिकमा नै चलेको देखिन्छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाबमा चलेको देखिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने केही आशा गर्ने ठाँउ पनि देखिन्छ । बजारमा मनी फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स बन्दै गरेको देखिन्छ । यदि सेयर तथा सूचकको मूल्य रेखामा लोवर लो र लोवर हाईको सिरिज बनेका छन तर मनी फ्लोमा हायर हाई र हायर लो का सिरिज बनेको छ भने त्यसलाई डाइभर्जेन्स बन्दै गरेको बुझिन्छ ।  

जसले अघिल्लो साताहरुमा एकैपटक ठूलो अंकले बढेको बजारमा यो साताको कारोबारहरुमा थप लिक्विडिटि लिन आएको सम्भावना पनि बजारमा रहन्छ । अर्थात बजारले तल्लो विन्दुमा सस्तो दरमा केही अत्ताालिने लगानीकर्ताहरुको सेयर खोसेर पुनःमाथीको यात्रा तय गर्न सक्ने सम्भावना पनि बजारमा रहन्छ । जसलाई प्राविधिक भाषामा लिक्विडिटि स्वीप वा फल्स ब्रेक आउट पनि भन्ने गरिन्छ । जसको थप पुष्टि आगामी कारोबारबाट हुनेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.