काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.३० प्रतिशत र निर्जीवन बीमा समूह ०.९३ प्रतिशतले बढेको छ । आज २५ बीमा कम्पनीको सेयरभाउ बढेको छ भने तीन कम्पनीको मात्रै सेयरभाउ घटेको छ । सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ ३.५७ प्रतिशत बढेर ६६७ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन एभरेष्टको ०.२४ प्रतिशत, नेको इन्स्योरेन्सको १.३६ प्रतिशत, एनएलजीको १.४६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.३६ प्रतिशत, आरबीसीएलको ०.८० प्रतिशत, सानिमा जिआइसीको ०.७३ प्रतिशत, शिखरको ०.६३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.११ प्रतिशत, युनाइटेड अजोडको ०.७१ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.३१ प्रतिशतले बढेको छ ।
यसका साथै एशियन लाइफको १.७२ प्रतिशत, सिटिजन लाइफको ०.८९ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.४३ प्रतिशत, हिमालयन लाइफको १.८७ प्रतिशत, आइएमई लाइफको ०.३७ प्रतिशत, एलआइसी नेपालको १.२६ प्रतिशत, नेपाल लाइफको १.५४ प्रतिशत, नेशनल लाइफको १.३८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९४ प्रतिशत, सूर्यज्योति लाइफको १.२१ प्रतिशत, सन नेपाल लाइफको ०.४५ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.९९ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४७ प्रतिशतले घटेर ६०३ रुपैयाँ कायम भएको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.२४ प्रतिशत र नेपाल रि को ०.५४ प्रतिशतले सेयरभाउ घटेको छ ।