शनिबार, जेष्ठ २,२०८३ 05:32:41
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:32:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दूधपोखरी चेपे हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Laxmi Sunrise Bank Limited
दूधपोखरी चेपे हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Shivam Cement

काठमाण्डौ । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक सेयर (क्ष्एइ) जारी तथा विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअन्तर्गत मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ ।  

एक कार्यक्रमका बिच दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्गले र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Bizshala
New Office
CG Motors

दूधपोखरी चेपे हाइड्रोपावरले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मेवा क्षमताको आयोजना निर्माण कार्य भईरहेको छ । कम्पनीले २०७४ कात्र्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी, २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता र २०७५ पुसमा विद्युत् खरिद सम्झौता सम्पन्न गरी कम्पनीले आयोजनालाई योजनाबद्ध रूपमा अघि बढाइरहेको छ ।

हालसम्म आयोजनाको ७८ प्रतिशत कार्य सकेको र बाँकी कार्य २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । अनुभवी जलविद्युत् तथा वित्तीय क्षेत्रका विज्ञहरूको सहभागितामा कम्पनीको सञ्चालक समितिले परियोजना समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।  

कम्पनीले आयोजना निर्माणको कार्य अन्तिम चरणमा रहेकाले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने अर्थात् २० करोड २० लाख रकमबराबरको रु.१०० अङ्कित दरमा २० लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो ।  

यस सम्झौताले आयोजना तथा लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्दै पूँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्षले उक्त कार्यक्रममा व्यक्त गरे ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.