बिहीबार, आश्विन २३,२०८२ 11:11:54
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 11:11:54
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा इन्भर्टेड ह्याम्मर,कस्तो रहला अब बजार ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा इन्भर्टेड ह्याम्मर,कस्तो रहला अब बजार ?
Shivam Cement

काठमाण्डौ । आज बजार दिनभर उतारचढावपूर्ण रह्यो । कारोबारको पहिलो प्रहरमा पोजेटिभ सर्किट लागेको बजार अन्त्यमा २२ अंकले मात्रै बढेर बन्द भयो । आजको ४ घण्टाको कारोबारमा पहिलो प्रहरमा २ अर्ब बढीको सेयर कारोबार भयो । तर पछिल्ला २ घण्टमा भने त्यही अनुपातमा कारोबार बढ्न सकेन ।  

फलस्वरुप आज पहिलो प्रहरमा एक सय अंक भन्दा बढीले बढेर २६७५ विन्दुसम्म पुगेको बजार अन्त्यमा २५८२ विन्दुमा बन्द भयो ।  

यस हिसाबले आज नेप्सेमा दिनभरमा झण्डै एक सय अंकको उतारचढाव देखियो । प्राविधिक रुपमा बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा सपोर्ट जोनमा  आज इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले लगानीकर्ताहरु तीब्र अन्यौलता रहेको बुझिन्छ । आवरली बेसमा बजारलाई नियाल्दा आज पनि बजारले यस अघिकै प्रतिरोधका विन्दु २६८० आसपासमा प्रतिरोध सामना गरेको देखिन्छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । म्याक्डीमा यसअघि बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । त्यसैगरि आरएआई पनि ओभर सोल्ड जोनबाट फर्केको देखिन्छ । समग्रमा आजको बजारलाई प्राविधिक रुपमा नियाल्दा तीव्र उतारचढाव रहेको देखिन्छ । यस हिसावले यदि आगामी कारोबारमा बजार २६०० विन्दुमाथी टिकेर कारोबार भएको खण्डमा माथीको सम्भावना भने जिवितै देखिन्छ ।  

नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.