काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले स्थगित साधारण सभा कात्तिकमा गर्ने भएको छ । कम्पनीले असोज २४ गतेका लागि तय भएको साधारण सभा अब कात्तिक ९ गते आयोजना गर्ने भएको छ ।
उक्त सभा वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ ।
कम्पनीको १८ औं साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।
उक्त सभामा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यी विषयहरुमा नियमनकारी निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशषे प्रस्ताव समेत पारित गरिनेछ ।
यसैगरी, सञ्चालक समितिको १८ औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाबसहितको लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिसकेको छ । यसर्थ असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।