काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ९ वटाबाट उच्च खरिद भएको छ भने एउटाबाट मात्रै उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, क्यापिटल म्याक्स सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् । आज उच्च बिक्री गर्ने ब्रोकर कम्पनीमा भने त्रिशक्ति सेक्युरिटिज मात्रै रहेको छ ।
साथै, आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा भने नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज एक अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.६८ प्रतिशत सेयर खरिद भएको छ भने ४८.३२ प्रतिशत सेयर बिक्री भएको छ ।
