बिहीबार, आश्विन ३०,२०८२ 07:42:17
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 07:42:17
IME remit
Global IME Bank Limited

एक वर्षपछि २५ सय विन्दु तल झर्यो नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अस्थिरताको उपज’

Hyundai Nepal
एक वर्षपछि २५ सय विन्दु तल झर्यो नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अस्थिरताको उपज’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १८.४० अंकले घटेर २ हजार ४८७.१७ विन्दुमा सीमित बनेको छ ।

नेप्से परिसूचक एक वर्षपछि २४ सय विन्दुमा झरेको हो । यसअघि २०८१ असोज १० गते बजार २५ सय विन्दु तल आएको थियो ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले घटेर ४३५.२९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

 आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘अहिले बजार घट्नुको मूख्य कारण भनेकै राजनीतिक अस्थिरता हो । राष्ट्र बैंकको तथ्यांकअनुसार बजारमा १२ खर्ब लगानीयोग्य रकम छ । तर जेनजी आन्दोलन पछि उद्योगी व्यवसायीको मनोबल घट्यो । त्यसलाई सम्बोधन गर्ने गरे अहिले सरकारले खासै काम गरे जस्तो देखिदैन ।’ उनले थपे, ‘यही बेला नियामक निकायमा पनि आन्दोलन चलिरहेको छ । उनीहरुले आन्दोलन रोकेर विश्वासको वातावरण बनाउनु पर्ने हुन्छ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

तिहार तथा छठ पछि बजारले तय गर्ने दिशाको विषयमा अन्यौलता रहेका कारण बजार घट्न पुगेको उनको तर्क छ ।  

त्यसैगरि, अर्का बजार जानकार उपेन्द्र पाठकले पनि अहिलेको सेयरबजारको अवस्था राजनीतिक अस्थिरताको उपज भएको बताए । ‘अहिले नियामक लचक भएकै छन् । सधैं नियामकलाई मात्रै दोष लगाउन पनि हुँदैन,’ उनले भने, ‘सबैले सुरक्षित महसुस नगर्दा पूँजीबजार घटेको छ र पूँजी पलायनको भय पनि देखिन्छ ।’  

उनले जेनजी आन्दोलनले २ दिन मात्रै आगो लागेको तर सेयर बजारमा भने दैनिक आगो लागिरहेको प्रतिकृया दिए । यसलाई रोक्न सरकाले विश्वासको वातावरण बनाउनु पर्नेमा पनि उनले जोड दिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज बैंकिङ र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.०२ र ०.२१ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात २.२१ प्रतिशतले घट्यो । यस्तै विकास बैंंक समूह १.१५ प्रतिशत, फाइनान्स १.२८, होटल ०.५२, हाईड्रो १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.७३, निर्जीवन बीमा ०.५३ र व्यापार समूह ०.३९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन मुक्तिनाथ विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड ३० लाख बढीको सेयर कारोबार भयो ।  यो दिन नेपाल पुनर्बीमा कम्पनीको पनि १३ करोड ४ लाख, शिवम् सिमेन्टको ११ करोड २८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ७९ लाख र हिमालयन रि इन्स्योरेन्स कम्पनीको ९ करोड ६४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ९.९३ प्रतिशतले बढ्यो ।  

कालिका लघुवित्तको सेयरमूल्य पनि आज ५.६९ प्रतिशत, इन्फिनीटी लघुवित्तको ३.८९ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरमूल्य ३.७९ प्रतिशतले बढ्यो ।  

आज सर्वाधिक सेयरमूल्य घट्ने कम्पनीको रुपमा समाज लघुवित्त रह्यो । १० प्रतिशतको गिरावट आज यो कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो ।  

यसैगरी, युनिक नेपाल लघुवित्तको सेयरमूल्य ७.३३ प्रतिशत, समता घरेलु लघुवित्तको ६.२५ र अपर स्याङ्गे हाईड्रोपावरको सेयरमूल्य ४.८७ प्रतिशतले घट्यो ।    

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.