मंगलवार, असार १६,२०८३ 10:28:15
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:28:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंक र काठमाण्डौ मेडिकल कलेजबीच बिरामी उपचार सम्बन्धमा समझदारी

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंक र काठमाण्डौ मेडिकल कलेजबीच बिरामी उपचार सम्बन्धमा समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौ सिनामगंलस्थित काठमाण्डौ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काठमाण्डौ मेडिकल कलेजमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।  

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.