बुधबार, श्रावण १३,२०८३ 04:09:23
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 04:09:23
Bizshala
Global IME Bank Limited

छानबिन आयोगलाई बयान नदिने केपी ओलीको घोषणा

छानबिन आयोगलाई बयान नदिने केपी ओलीको घोषणा
New Office

काठमाण्डौ । पूर्व प्रधानमन्त्री केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारबाट बनेको छानबिन समितिमा आफू बयान दिन नजाने बताएका छन् ।  

सम्पादकहरुसँगको आइतबार आयोजित छलफलमा ओलीले यस्तो दाबी गरेका हुन् । 

आफूले पहिला गृहमन्त्री हुँदा समेत गल्ती नगरेको र प्रधानमन्त्रीको रुपमा पछिल्लो समय काम गर्दा समेत कुनै कमजोरी नगरेको दाबी गर्दै कसैलेको भनेको भरमा वा भ्रम छरेकै आधारमा कुनै पनि आयोगलाई बयान दिन जाने काम आफू बाचुञ्जेल नगर्ने प्रष्ट पारे । 

'मैले के काम गरे, कस्तो काम गरे, चित्रगुप्तले पनि हिसाबकिताब गरेकै होलान् । तर, मैले आफ्नो ब्रम्हले भ्याएसम्म कुनै गल्ती गरेको छैन । कसैलाई अहित हुने काम गरेको छैन । भ्रष्टाचार गरेको छैन । देशमाथि घात गरेको छैन ।' उनले भने-'त्यसकारण कसैले नियोजित ढंगले गठन गरेका आयोगमा बयान दिन गएर केपी ओलीले आफैंलाई धोका दिने काम गर्र्दैन ।'

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.