बुधबार, श्रावण १३,२०८३ 02:53:26
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:53:26
Bizshala
Global IME Bank Limited

आज मन्त्रिपरिषद बिस्तार हुने, चारजना मन्त्री थपिँदै

आज मन्त्रिपरिषद बिस्तार हुने, चारजना मन्त्री थपिँदै
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। बालुवाटार स्रोतका अनुसार, सरकारमा चार नयाँ मन्त्रीहरू थपिँदै छन्। नयाँ मन्त्रीहरूको नामावली राष्ट्रपति कार्यालयमा पठाइसकिएको र आजै उनीहरूको शपथग्रहण हुने तयारी भइरहेको स्रोतले जनाएको छ।

नयाँ मन्त्रीहरूमा गणपतिलाल श्रेष्ठ, सुधा गौतम, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्। उनीहरूलाई क्रमशः फरक–फरक मन्त्रालयको जिम्मेवारी दिइएको छ:

-गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,

-सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,

-खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र

-बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय केहीबेरमै सार्वजनिक गर्ने तयारी गरेको छ। बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले सिफारिस गरेका चारै मन्त्रीको नाम राष्ट्रपति कार्यालयले स्वीकृत गरिसकेको छ।

मन्त्री बन्न लागेकाहरूको पृष्ठभूमि

गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न लागेका छन्। उनी एक सम्पदा अभियन्ता हुन् र लामो समयदेखि काठमाडौं उपत्यकासहितका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र जगेर्नामा सक्रिय छन्। श्रेष्ठले नेपालको मौलिक कला, संस्कृति र वास्तुकलाको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउन योगदान दिएका छन्।

खगेन्द्र सुनार पनि एक सामाजिक अभियन्ता हुन्। उनी विशेष गरी दलित हकहित र अधिकारका क्षेत्रमा सक्रिय छन्। सामाजिक छुवाछूतजस्ता कुप्रथाका विरुद्ध खुला अभियान चलाउँदै आएका सुनार माइतीघर मण्डलमा नेलसहित प्रदर्शन गरेर चर्चामा आएका थिए। उनको नियुक्ति श्रम मन्त्रालयमा भएकोले श्रमिक अधिकार र समान अवसरका पक्षमा उनी अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

बब्लु गुप्ता, युवा तथा खेलकुद मन्त्री बन्न लागेका, परोपकारी संस्था “१०० ग्रुप”का संस्थापक हुन्। उनी सामाजिक सेवामूलक कार्यमा लामो समयदेखि सक्रिय छन् र विशेषगरी युवामाझ नेतृत्व र खेलकुदको माध्यमबाट सकारात्मक ऊर्जा फैलाउने अभियानमा लागिरहेका छन्।

प्रधानमन्त्री कार्कीले यी चार जना नयाँ अनुहारहरूको समावेशले सरकारको सामाजिक प्रतिनिधित्व र कार्यगत गतिशीलता दुवै बढाउने विश्वास व्यक्त गरेकी छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.