बिहीबार, बैशाख ३१,२०८३ 08:21:04
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:21:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘राजनीतिक अस्थिरता र आन्दोलनले बजार हल्लायो’: Ground Zero रिपोर्ट

Laxmi Sunrise Bank Limited
‘राजनीतिक अस्थिरता र आन्दोलनले बजार हल्लायो’: Ground Zero रिपोर्ट
Shivam Cement

काठमाण्डौ । नियमित आइतबारको स्तम्भ ‘ग्राउण्ड जिरो’अन्तर्गत आज हामीले तिहारपछिको पहिलो कारोबार दिनमा अनामनगर क्षेत्रका केही ब्रोकर हाउसहरूको अवस्था अवलोकन गर्‍यौं। बजार खुलेको केही घण्टामै नेप्से परिसूचक दोहोरो अंकले घटिसकेको थियो र अधिकांश ब्रोकर हाउस सुनसान देखिन्थे।

Bizshala
New Office
CG Motors

भिजन सेक्युरिटिज : बजारभन्दा बढी राजनीति चर्चा

अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) पुग्दा लगानीकर्ताको उपस्थिति न्यून थियो। जो थिए, ती पनि मोबाइलमा व्यस्त देखिन्थे। पछाडिका कुर्सीमा बसेका केही लगानीकर्ताहरु भने बजारभन्दा बढी राजनीतिक विषयमा केन्द्रित थिए।

एक लगानीकर्ताले भने, “अस्थिर राजनीति र सरकारकै कारण बजार बढ्न सकेको छैन। अब दुर्गा प्रसाईंको आन्दोलनले फेरि मार्केट हल्लाउने हो कि?”

उनको कुरा समर्थन गर्दै अर्का लगानीकर्ताले थपे, “राजनीतिक अनिश्चितता रहँदा सेयर बजार उक्लिन सक्दैन। कहिले आन्दोलन, कहिले के-लगानीकर्ताले कसरी आत्मविश्वास राख्ने?”

आर्यतारा इन्भेष्टमेन्ट : सुनसान माहोल

त्यसपछि हामी आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ५७) पुग्यौं। सामान्यतया भिड हुने यो ब्रोकर हाउसमा आज केवल एकजना लगानीकर्ता मात्र थिए, उनी पनि मोबाइल स्क्रिनमै तल्लीन थिए। वातावरण शान्त भएकाले त्यहाँ लामो समय बस्नुपर्ने कारण रहेन।

इम्पेरियल सेक्युरिटिज : राजनीति र क्रिकेटबीच बजारको चर्चा हरायो

दिउँसोतिर इम्पेरियल सेक्युरिटिज (ब्रोकर नम्बर ४५) पुग्दा भने केही चहलपहल थियो। कसैले क्रिकेटमा ध्यान दिइरहेका थिए, त कसैले राजनीतिक बहस गरिरहेका थिए।

एक लगानीकर्ताले भने, “जेनजी आन्दोलनपछि सरकारले सम्पत्तिको बीमाजस्ता नीतिगत कुरा सिक्नुपर्ने भयो।”

अर्को समूहमा भने राधी हाइड्रोपावरको हकप्रद सेयरबारे तर्कवितर्क चलिरहेको थियो।

तर, अधिकांशको ध्यान राजनीतिक घटनाक्रममै थियो। एक लगानीकर्ताले कलाकारहरूको आन्दोलनबारे भनिन्, “फ्रस्टेशन त ती व्यक्तिले निकाल्छन्, जसलाई जीवन धान्नै गाह्रो छ। सम्पन्न कलाकारहरूले किन आन्दोलन गर्ने?”

उनले थपिन्, “विदेशमा बसेर नेपाललाई बदनाम गर्नेहरू देशभक्त होइनन्, अहिलेका केही नेताहरू विदेशी एनजीओको प्रभावमा छन्।”

त्यसमा अर्का लगानीकर्ताले प्रतिवाद गर्दै भने, “सबै दोष अहिलेको सरकारलाई मात्रै दिन मिल्दैन। अघिल्ला सरकारको पालामा पनि समस्या यस्तै थियो। संसद विघटनको बाटो त शेरबहादुर देउवाले नै खोलेका हुन्।”

Garima Development Bank
Shivam Cement
IME remit

दिव्य सेक्युरिटिज : बजार अझै तल जानसक्ने अड्कल

अन्त्यमा हामी न्युप्लाजास्थित दिव्य सेक्युरिटिज (ब्रोकर नम्बर ५९) पुग्यौं। त्यहाँ पनि एकजना मात्र लगानीकर्ता थिए। उनी र ब्रोकर हाउसका कर्मचारीबीचको छलफल बजारको भविष्यमा केन्द्रित थियो।

उनीहरूले बजार सूचक २२ सयको विन्दुसम्म झर्नसक्ने अनुमान गर्दै थिए। पछि ती लगानीकर्ता गएपछि दुई कर्मचारीबीच राजनीतिक बहस सुरु भयो।

एकजना कर्मचारी अहिलेको सरकारको समर्थनमा थिए भने अर्का अघिल्ला सरकारको पक्षमा। उनीहरूबीच आरोप-प्रत्यारोपको श्रृंखला चल्दै गर्दा एकजना कर्मचारीले भने, “केपी ओलीको पालामा बजार २७ सय माथि पुगेको थियो। अहिलेको अवस्थाले त बजार अझै तल पुग्ने संकेत दिइरहेको छ।”

बजारमा निराशा, तरल राजनीतिले बढायो अनिश्चितता

आजका ब्रोकर हाउस भ्रमणले देखायो-लगानीकर्ताको आत्मविश्वास घट्दैछ र राजनीतिक अस्थिरताले बजारमा ‘साइकोलोजिकल प्रेशर’ सिर्जना गरिरहेको छ। 

धेरैले छठपछि बजार केही सुधारिनसक्ने आशा राखे पनि वर्तमान वातावरणले बजार अझै तल जाने अड्कललाई बलियो बनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.