Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

Global IME Bank Limited
कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक  

गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले चैत ८ गते वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रितगर्दै, भिडीयो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगदप्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको बैंकले जनाएको छ । बैंकले भिडीयो श्रृंखला र पुस्तकमार्फत बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको उल्लेख गरेको छ ।  

 भिडीयो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिवशंकर रिजाल लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।  

कुमारी बैंकले  आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.