काठमाण्डौ । खुद ब्याज आम्दानी घटेसँगै एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा संकुचन आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा ५.९६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी १.१२ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकले ५५ करोड १३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने ७६ करोड ८७ लाखबाट बढेर ८ करोड २७ लाख पुगेको छ ।
अघिल्लो आवमा १ करोड १७ लाख रुपैयाँ बैंकको वितरणयोग्य मुनाफा २ करोड ६० लाखले धनात्मक बनेको छ । बैंकको लाभांश क्षमता २.०९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ०.९४ प्रतिशतले ऋणात्मक थियो ।
चौथो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात ६.१६ प्रतिशतबाट बढेर ६.७१ प्रतिशत पुगेको छ । यस अवधिका लागि बैंकले १७ करोड २९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ ।
यसैगरी बैंकको निक्षेप संकलन भने १४ अर्ब ७६ करोडबाट बढेर १६ अर्ब ४९ करोड पुगेको छ । कर्जा प्रवाह समेत १० अर्ब ८३ करोड रुपैयाँबाट बढेर १२ अर्ब १० करोड पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ३.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६७.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३३.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९८.६० र तरलता अनुपात ३२.२९ प्रतिशत कायम भएको छ ।