IME remit
  • शनिबार, कार्तिक १,२०८२ 06:13:38
IME remit
Global IME Bank Limited

प्रगतिको पथमा गरिमा विकास बैंकः नाफा १८९% ले वृद्धि, ईपीएस र लाभांश क्षमतामा उल्लेख्य सुधार

Hyundai Nepal
प्रगतिको पथमा गरिमा विकास बैंकः नाफा १८९% ले वृद्धि, ईपीएस र लाभांश क्षमतामा उल्लेख्य सुधार
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा आकर्षक प्रगति हासिल गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार गरेको छ ।  

बैंक उक्त अवधिसम्म खुद ब्याज आम्दानी, नाफा, वितरणयोग्य मुनाफ, लाभांश क्षमता, निक्षेप संकलन, कर्जा प्रवाह र प्रतिसेयर आम्दानी जस्ता मुख्य सूचकहरु बढाउन सफल भएको छ ।  

यस्तै बैंक खराब कर्जा अनुपात, कस्ट अफ फण्ड र बेस रेट घटाउन सफल देखिन्छ । यी सूचकहरुमा देखिएको सुधारले बैंक प्रगतिको पथमा लम्किएको देख्न सकिन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

बैंकले वितरणयोग्य मुनाफा १४९.६४ प्रतिशतले बढाएको छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७१ करोड ४९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा २८ करोड ६४ लाखमा सीमित थियो ।  

वितरणयोग्य मुनाफामा भएको आकर्षक वृद्धिका कारण बैंकको लाभांश क्षमता १२.५९ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने यो दर ५.०४ प्रतिशतमा सीमित थियो । यस सुधारले बैंकले आफ्ना सेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्ने सम्भावनालाई संकेत गरेको छ ।  

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि ३ अर्ब ३१ करोड रुपैयाँ बाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकले खुद शुल्क तथा कमिशन आम्दानी पनि ४५ करोड ६३ लाखबाट बढाएर ५१ करोड १ लाख पुर्याएको छ ।  

चौथो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १९५ प्रतिशतले बढेर १ अर्ब ८९ लाख रुपैयाँ पुगेको छ ।  

यस्तै बैंकको खुद नाफा समेत १८९ प्रतिशतले बढेको छ । बैंकले यो अवधिसम्म १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भनेृ बैंकको खुद नाफा ४६ करोड ६६ लाखमा सीमित थियो ।  

बैंकको प्रतिसेयर आम्दानी उल्लेख्य बढेको छ । अघिल्लो आवमा ७.६४ मात्रै रहेको प्रतिसेयर आम्दानी बढेर २३.०७ रुपैयाँ पुगेको छ ।  

बैंकको निक्षेप संकलन ६.९६ प्रतिशतले बढेर ९० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि ७.३२ प्रतिशतले बढेर ६९ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा देखिएको सुधारले बैंकप्रति ग्राहकको बढ्दो विश्वासलाई झल्काएको छ ।  

बैंकको रिकभरीमा समेत सुधार आएको छ । खराब कर्जा अनुपात ४.८५ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा सीमित बनेको छ । इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकले इम्पेयरमेन्ट चार्जका लागि ५३ करोड ७९ लाख रुपैयाँमा छुट्याउनु परेको छ । अघिल्लो आवमा भने बैंकले १ अर्ब ७१ करोड रुपैयाँको व्यवस्था गर्नु परेको थियो ।  

यो अवधिमा बैंकको कस्ट अफ फण्ड ६.६४ प्रतिशतबाट घटेर ४.८४ प्रतिशतमा झरेको छ । यस्तै सिडी रेसियो ८५.१३ प्रतिशत र रिर्टन अन इक्विटी १४.९० प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८४०.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५७ गुणा र तरलता अनुपात २७.४० प्रतिशत कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.