सोमबार, असार १,२०८३ 07:34:03
Bizshala
  • सोमबार, असार १,२०८३ 07:34:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पुरस्कार

Laxmi Sunrise Bank Limited
कुमारी बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पुरस्कार
Shivam Cement

काठमाण्डौ । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित 'Infosys Finacle Innovation Awards 2026' अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन (Business Model Innovation)तर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताका रुपमा सम्मानित भएको छ । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया KYC Workflow Compliance सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो ।

इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ । यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको हो ।

Bizshala
New Office
CG Motors

उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्याएको बैंकको भनाई छ । साथै, डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउँन योगदान पुगेको बैंकले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ बनाएको छ । बैंकले आगामी दिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.