बिहीबार, असार १८,२०८३ 01:31:25
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:31:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानको सेयरबजारले पहिलोपटक पार गर्यो ५० हजार विन्दुको आँकडा, नवनियुक्त प्रधानमन्त्रीप्रति लगानीकर्ताको आशा

Laxmi Sunrise Bank Limited
जापानको सेयरबजारले पहिलोपटक पार गर्यो ५० हजार विन्दुको आँकडा, नवनियुक्त प्रधानमन्त्रीप्रति लगानीकर्ताको आशा

काठमाण्डौ । जापानको सेयरबजारले पहिलोपटक ५० हजार विन्दुको आँकडा पार गरेको छ । आजको कारोबारमा निक्की२२५ इन्डेक्स २.२६ प्रतिशत अर्थात १ हजार २१२ अंकले बढेर ५० हजार ५१२ विन्दुमा पुगेको छ ।  

नवनियुक्त प्रधानमन्त्री सानाए ताकाइचीको आर्थिक वृद्धिको नीतिले सेयरबजारमा सकारात्मक माहोल बनेका कारण वृद्धि देखिएको जनाइएको छ । बजारमा लगानीकर्तामाझ सरकारले ९२.२ बिलियन डलरबराबरको लगानी गर्ने विश्वास रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

ताकाईचीको ध्यान विकासका योजनामा रहेकाले यसले अर्थतन्त्रलाई उकास्न सहयोग पुर्याउने विश्वास लगानीकर्ताको रहेको छ । यस्तै ठूलो परिणाममा आर्थिक पुनरुत्थानको प्याकेज समेत ल्याउने सम्भावना रहेको छ ।  

यतिबेला जापानी येन कमजोर बन्दा समेत त्यसको फाइदा जापानका कम्पनीहरुलाई भईरहेको छ । येन कमजोर बन्दा विशेष गरेर टेक र उत्पादन कम्पनीहरुको आम्दानी वृद्धि भईरहेको छ ।  

ताकाईचीको सुधार एजेण्डाले प्राविधिक तथा उर्जा क्षेत्रको मुनाफा समेत वृद्धि भईरहेको छ । यसका अतिरिक्त अमेरिकासँगको व्यापार सम्झौताले समेत सकारात्मक प्रभाव परिरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.