आईतवार, श्रावण १०,२०८३ 05:24:54
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:24:54
Bizshala
Global IME Bank Limited

ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता सुरु

ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता सुरु
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता सुरु भएको छ । उनीहरुको बैठक दक्षिण कोरियामा हुँदैछ । भेटमा दुवै नेताबीच व्यापार सम्झौताका विषयमा छलफल हुनेछ ।

यस बैठकअघि डोनाल्ड ट्रम्पले आफ्नो छोटो टिप्पणीमा यो बैठक निकै सफल हुने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले भने, ‘दुई देशबीच सधैं राम्रो सम्बन्ध रहँदै आएको छ।’

त्यस्तै सी जिनपिङले आफ्नो प्रारम्भिक सम्बोधनमा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बनेपछि ट्रम्पसँग तीन पटक कुरा गरेको बताएका छन् । सी चिनफिङले अमेरिकासँग मिलेर दुवै देश र सम्पूर्ण विश्वको हितका लागि थप उत्कृष्ट र ठोस काम गर्न चाहेको बताए।

दक्षिण कोरियामा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन शिखर सम्मेलन हुँदैछ, जसमा दुवै नेता सहभागी भएका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.