काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाका नाफा खुद ब्याज आम्दानी १९.२० प्रतिशतले घटेको छ ।
संस्थाले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै संस्थाले ४ करोड ४८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले ६ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको थियो ।
संस्थाको खुद सञ्चालन आम्दानी पनि १४.५७ प्रतिशतले घटेर ४ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ६.१७ प्रतिशत रहेको छ ।
यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ बढेको छ । अघिल्लो आवमा ८ करोड ३४ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर ९ करोड ९३ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि १८ करोड ३१ लाख रुपैयाँबाट बढेर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी संस्थाले ४२ लाख ८७ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात २.५७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६३९.०४ रुपैयाँ, पीई रेसियो ७३.०६ गुणा, तरलता अनुपात १७.६२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२८.०४ रुपैयाँ कायम भएको छ ।

