सोमबार, श्रावण १८,२०८३ 08:56:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:56:22
Bizshala
Global IME Bank Limited

१ लाख ४४ हजार लिटर इन्धन बोकेको कार्गो विमान दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

१ लाख ४४ हजार लिटर इन्धन बोकेको कार्गो विमान दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
New Office

काठमाण्डौ । अमेरिकाको लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि यूपीएस कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । युपीयसको फ्लाइट २९७६ म्याकडोनेल डगलस एमडी ११एफ  बेलुका ५ बजेर १५ मिनेटमा टेक अफ भएको केही समयपछि दुर्घटनाग्रस्त भएको हो। उक्त कार्गो विमान लुइसभिलबाट होनोलुलु जाँदै थियो।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा एयरपोर्टको दक्षिणमा फर्न भ्याली र ग्रेड लेन नजिकै कालो धुवाँ उठेको देखाइएको छ। यसमा आपतकालीन टोली घटनास्थलमा पुगेको देखिन्छ ।  

विमानमा ३८,००० ग्यालन (लगभग १,४४,००० लिटर) इन्धन थियो। स्थानीय अधिकारीहरूका अनुसार इन्धनको मात्रा लगभग २ लाख २० हजार पाउन्ड (१ लाख किलो) हो। आगो अझै बलिरहेको छ । आगो नियन्त्रण गर्न दमकल प्रयोग भएको र सर्वसाधारणलाई दुर्घटनास्थल नजिक नजान चेतावनी दिइएको छ।

दुर्घटनामा परी कम्तिमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।  

दुर्घटनाग्रस्त विमान ३४ वर्ष पुरानो थियो । यसले १९९१ मा थाई एयरवेजबाट सेवा सुरु गरेको थियो तर २००६ मा युपीएसमा स्थानान्तरण गरिएको थियो ।

लुइसभिल एयरपोर्ट, आधिकारिक रूपमा लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थल, सबै उडानहरू अस्थायी रुपमा स्थगित गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.