काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर १२ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बैंकको अधिकृत,चुक्ता तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमाम संशोधन गर्ने विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।
सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र २०८१ साउन १ गतेदेखि २०८२ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने चालु आवका लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा संस्थापक समूह ‘क’ बाट १ जना र सर्वसाधारण समूह‘ख’बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

