काठमाण्डौ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ।
अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा सम्पन्न खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो।
तर, दोस्रो हाफमा फ्रान्सले खेलको लय समातेको देखियो।
६६औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।
त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए।
खेलको अतिरिक्त समयमा सेनेगलका इब्राहिम एम्बायेले सान्त्वना गोल गर्दै स्कोर २–१ मा झारे पनि खेलको अन्तिम मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जीत ३–१ ले सुनिश्चित गरे।
यस जितसँगै फ्रान्स समूह ‘आई’ मा बलियो स्थितिमा पुगेको छ।
खेलभर फ्रान्सको बल पोजेसन र आक्रमणात्मक शैली प्रभावशाली देखिएको थियो भने सेनेगलले केही अवसर सिर्जना गरे पनि निर्णायक फिनिसिङ गर्न सकेन।
समूह ‘आई’ अन्तर्गत आजै नर्वे र इराकबीच नेपाली समयअनुसार ३्:४५ बजे अर्को खेल हुँदैछ।
त्यस्तै समूह ‘जे’ अन्तर्गत अर्जेन्टिना र अल्जेरिया (६स:४५ बजे तथा अष्ट्रिया र जोर्डन (९स:४५ बजे बीचका खेलहरू पनि तय भएका छन्।

