काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बाट राजीनामा दिएका निरञ्जन फूयाँल एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।
कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको १५१ औं बैठकले आजकै मितिदेखि लागू हुने गरी फूयाँललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा चार वर्षका लागि नियुक्त गरिएको हो ।
यसअघि उनी नेप्सेको प्रबन्धक थिए । उनले असोज दोश्रो साता पदबाट राजीनामा दिएका थिए । नेप्सेको दोश्रो बरियतामा काम गरिरहेका उनको केही दिनअघि राजीनामा स्वीकृत गरिएको थियो ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीका तत्कालीन सीईओ हेमन्त बस्यालले पदबाट राजीनामा दिएपछि सो पद खालि थियो । बस्याल हाल नेप्सेको सञ्चालक समितिको अध्यक्ष रहेका छन् ।

