बुधबार, असार १७,२०८३ 10:18:01
Bizshala
  • बुधबार, असार १७,२०८३ 10:18:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभाबाट १५.७९% लाभांश पारित

Laxmi Sunrise Bank Limited
लक्ष्मी सनराइज क्यापिटलको साधारणसभाबाट १५.७९% लाभांश पारित

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा २०८१ साल कात्तिक २१ गते (शुक्रबार) काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न गरेको छ। 

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विद्यमान लेखा परीक्षक एन.बी.एस.एम एण्ड एशोसिएट्सलाई निरन्तरता दिने निर्णय गरेको छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वासलात अनुसार प्रति शेयर आम्दानी रु. १८.२० रहेको र वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५.७९ प्रतिशत अर्थात् रु. ७.७२ करोड (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नेपालको पूँजी बजारमा पहिलोपटक मर्चेन्ट बैंकिङ र सामूहिक लगानी कोष सञ्चालनको सुरुवात गर्ने संस्थाको रूपमा लक्ष्मी सन्राइज क्यापिटलले तीन दशकभन्दा बढी समयदेखि धितोपत्र बजारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

कम्पनीले हाल करिब ६ अर्ब रुपैयाँ बराबरका ५ वटा बन्दमुखी र १ वटा खुलामुखी म्युचुअल फण्ड सञ्चालन गरिरहेको छ। यी सबै फण्डहरूले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड नामक एक अर्ब रुपैयाँ पुँजी भएको विशिष्टीकृत लगानी कोषमार्फत कम्पनीले नवीकरणीय ऊर्जा लगायतका दिगो उर्जाका क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य राखेको छ।

नेपालकै पहिलो संस्था भएर “यूएन–प्रिन्सिपल्स फर रेस्पोन्सिबल इनभेस्टमेन्ट (UN PRI)” मा हस्ताक्षर गरेको लक्ष्मी सन्राइज क्यापिटलले सामाजिक र वातावरणीय प्रभावलाई ध्यानमा राखी पारदर्शी, अनुशासित र जिम्मेवार लगानी प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। यो सदस्यता कम्पनीको दिगो र उत्तरदायी लगानीप्रतिको दीर्घकालीन दृष्टिकोणको प्रतीकका रूपमा रहेको बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.